Wednesday, September 30, 2026
22.1 C
Kathmandu
Home राजनीति प्रतिनिधि सभा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट शर्मा सिफारिस

प्रतिनिधि सभा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट शर्मा सिफारिस

काठमान्डौ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ होमनाथ शर्मा सिफारिस भएका छन् । नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई उम्मेदवार सिफारिस गरेको हो।

नेपाली जनप्रगतिशील मञ्च कतारका संस्थापक तथा पूर्व अध्यक्ष रहेका शर्मालाई पार्टीले प्रवासबाट उठाइएका सक्षम र भरोसायोग्य नेताका रूपमा अघि सारेको जनाएको छ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएका शर्मालाई नेपाली कम्युनिष्ट पार्टी बागलुङ जिल्ला कमिटीले क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

शर्मा हाल नेपाली कम्युनिष्ट पार्टी मध्यपूर्वका संयोजक, बागलुङेहरूको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज का संस्थापक अध्यक्ष तथा बागलूङ सेवा समाज कतारका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष हालका संरक्षक,एनआरएनएका अगुवा नेता तथा कतारका स्थापित व्यवसायी हुन्।

प्रवासमा रहेर पार्टी संगठन मजबुत बनाएको योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले शर्मालाई निर्वाचन मैदानमा उतार्ने निर्णय गरेको जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।