काठमाडौं । सिन्धु विकास बैंकभित्र आन्तरिक किचलो बढेर गएको छ । सञ्चालकहरुबीचको विवादका कारण बैंकको साधारणसभा समेत हुन सकेको छैन ।

आन्तरिक विवाद उत्कर्षमा पुग्दा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश देवकोटाले राजिनामा दिएका छन् । उनले पुष ९ गते दिएको राजिनामा बैंक संचालक समितिको बैठकले स्वीकृत गरेको गरिसकेकाे जनाइएकाे छ ।

गत वर्ष कार्यकारी प्रमुख नियुक्त भएका देवकोटाको कार्यकाल करिब ३ वर्ष बाँकी रहँदा नै उनले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले अर्थिक वर्ष २०८१/र८२ को वित्तिय विवरण स्वीकृति दिईसकेको छ । तर, यसवर्षको वार्षिक साधारण सभा बैंक संचालकहरुको आन्तरिक कारणले गर्दा पुष मसान्त भित्र हुन नसक्ने देखिएपछि देवकोटा बैंकबाट बाहिरिन पुगेका हुन् । सञ्चालकहरुबीचको आन्तरिक कारण साधारणसभा अनिश्चित बन्दै गएको छ । बैंकको अघिल्लो वर्ष पनि साधारणसभा विवादित बनेको थियो ।

बैंकभित्र आन्तरिक किचलो बढ्दै जाने र निक्षेपकर्ताहरुको बचतको सुरक्षामा प्रश्न उठ्न सक्ने सम्भावना पनि बढेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।