काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ । बैंकले पुस १६ गते बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रूपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो । बैंकले यसअघि, विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै, बैंकले ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ ।
बैंकले १०० रूपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आइपिओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्ता देखि अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।




