Friday, October 2, 2026
28.1 C
Kathmandu
Home समाचार शिव शिखर सहकारी ठगी: जेन्जी आन्दोलनमा काराघारबाट भागेकी अध्यक्षकी श्रीमती अझै फरार

शिव शिखर सहकारी ठगी: जेन्जी आन्दोलनमा काराघारबाट भागेकी अध्यक्षकी श्रीमती अझै फरार

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माकी श्रीमती गीता शर्मा भदाेै २४ मा भएकाे जेन्जी आन्दाेलनका क्रममा कारागारबाट भागेर फरार अहिलेसम्म फरार छिन् ।

उनीविरुद्ध करोडौं रुपैयाँको बिगो दाबी गरिएको छ। उनी शिखर अर्गानाइजेसनकी निर्देशक समेत हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको थप अभियोगपत्रअनुसार गीता १९ प्रतिवादीमध्ये एक हुन्। उनी जगन्नाथ देवल कारागार, सुन्दारामा रहेकोमा २०८२ भदौ २४ गतेदेखि भागी फरार भएको कारागार कार्यालयको जानकारी अभियोगपत्रमा छ।

यही मितिमा जेन्जी आन्दोलनका क्रममा देशभर कारागारबाट कैदी भागेका थिए।

प्रतिवादीहरू विरूद्व सहकारी ऐन, २०७४ अन्तर्गत ६ देखि ८ वर्ष कैद र बिगो भराउन माग गरेका छन्। संगठित अपराध निवारण ऐनअनुसार थप ५० प्रतिशत सजाय मागिएको छ। फरार प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुरोध गरिएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।