ज्योति विकास बैंक विरुद्धको मुद्दाः सर्वोच्चद्धारा मिसिल मगाउन आदेश

काठमाडौं । ज्योति विकास बैंक र त्यसका सञ्चालक विरुद्ध अरुणा बस्नेतले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले मिसिल मगाउने सम्बन्धी निर्णय गरेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनमा उक्त बैंकको विषयमा परेको मुद्दासम्बन्धी मिसिल जलेर नष्ट भएको थियो ।

इजलास नम्बर ६ मा आज परेको पेशीमा न्यायाधिशद्धय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले मिसिल प्राप्त गर्ने निर्णय गरेको हो । अब वादी प्रतिवादीको तर्फबाट मिसिल प्राप्त भएपछि मुद्दा प्रक्रिया अघि बढ्नेछ ।

अरुण बस्नेतले सुरुमा ज्योति विकास बैंक, बैंक सञ्चालक समिति र बैंकका कार्यकारी प्रमुखलाई विपक्षी बनाएर उत्प्रेणको माग गर्दै मुद्दा दायर गरेकी थिइन् ।

सोही विषयसँग सम्बन्धित अनिता भण्डारी र ज्ञान कुमार कर्णले पनि डिप्रोक्स लघुवित्त संस्थाका विरुद्ध मुद्दा दायर गरेका थिए । सर्वोच्चले दुवै मुद्दालाई लगाब लगाएर कानुन प्रक्रिया अघि बढाएको थियो ।

मिति २०८२ असार ११ गते न्यायाधिश सुनिल कुमार पोखरेलको एकल इजलासले कारण देखाउ आदेश गरेको थियो । त्यसपछि जेनजी आन्दोलनका क्रममा मिसिल नै जलेर नष्ट हुन पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।