काठमाडौँ, ३१ जेठ । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा आज बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।
कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा एक बालिका, सात पुरुष र दुई महिला रहेका घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक ढोरबहादुर बुढाथोकीले जानकारी दिउ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र लैजान हेलिकप्टर मगाइएको बुढाथोकीले बताए ।
Comments







