Friday, August 14, 2026
22.1 C
Kathmandu
Home ब्यानर मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा, एनआरएनए अमेरिकाले भन्यो- ‘गुप्तालाई बोलाएका छैनौं’

मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा, एनआरएनए अमेरिकाले भन्यो- ‘गुप्तालाई बोलाएका छैनौं’

काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादित बनेको छ भने उनी सहभागी हुने भनिएको अमेरिकाको कार्यक्रम नै नभएको समेत खुलेको छ ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाले खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ती जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको स्पष्ट परेका हुन् ।

एनआरएनएको आमन्त्रणमा मन्त्री गुप्ता माघ ३ गते अमेरिका भ्रमणमा जान लागेको भन्ने विषय बाहिरिएपछि सतेन्द्र शाह नेतृत्वको एनआरएनए अमेरिकाले विज्ञप्ती जारी गरेको हो।

एनआरएनए एनसिसी युएसए अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था रहेको पनि विज्ञप्तीमार्फत दाबी गरिएको छ। अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा भर पर्न एनआरएनए अमेरिकाले अनुरोध समेत गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।