फुट्यो कांग्रेस, कांग्रेस कम्पनले फागुन २१ को निर्वाचन नै सर्ने सम्भावना उच्च

काठमाडौं । नेपाली कांग्रेस अब विभाजित भएको छ । यसले केही समयमा नै औपचारिक पाउने निश्चित देखिएको छ । कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षको लागि कारबाही गरेको छ ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले अब नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस औपचारिक रुपमा नै विभाजित हुनेछ । तर, नेपाली कांग्रेस र चुनाव चिह्न रुख कसले पाउन भन्ने विषय भने अबको विवादको केन्द्रमा रहने देखिएको छ ।

दुवै पक्षको आक्रमक कार्यशैलीले दुवै पक्षले नाम र चुनाव चिह्नका लागि निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने निश्चित जस्तै देखिन्छ । यसले आगामी २१ फागुनमा हुने निर्वाचन पनि प्रभावित हुने देखिएको छ ।

कांग्रेसभित्रको आधिकारिकता अदालतमा विचाराधिनको अवस्थामा पुग्दा निर्वाचनको मिति सार्नुपर्ने माग पनि सँगै जाने निश्चित जस्तै छ । यसले गर्दा तोकिएकै मितिमा निर्वाचन हुनेमा समेत प्रश्न उठ्ने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।