काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यो विशेष महाधिवेशनले जे निर्णय गर्छ नेपालको निर्वाचन आयोगले त्यहीँ मान्ने बताएका छन् ।

भृकुटी मण्डपस्थित विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले अहिलेकाे संघर्षलाईं लडाईंकाे संज्ञा दिए । ‘यो लडाईं हो, अभियान हो । यो विशेष महाधिवेशनले जे निर्णय गर्छ नेपालको निर्वाचन आयोगले मान्छ । कांग्रेस यही छ, यही रहन्छ’, उनले भने, ‘यहाँ उभिने हो कि जहाँ सबै कुरा सकिएको छ त्यहाँ सोच्ने हो ?’

उनले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको पनि बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौँ,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौँ भनेर हट्ने होइन ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।