काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय विशेष महाधिवेशनले खारेज गरेको छ ।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो ।
यसअघि देउवा पक्षले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि निलम्बित गरेको थियो ।
कांग्रेस औपचारिक रुपमा नै विभाजनको नजिक पुगेको छ । अब बन्दसत्रले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस औपचारिक रुपमा नै विभाजित हुनेछ भने त्यसपछि आधिकारिकताको लडाई सुरु हुनेछ ।
याे पनि पढ्नुहाेस्
Comments








