देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन

काठमाडाैं । निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरु आन्दोलित भएका छन् ।

आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् ।

साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।