नेपाली कम्युनिष्ट पार्टीमा अधिकांश अनुहार नयाँ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यो पटकको निर्वाचनमा अधिकांंश युवा तथा नयाँ अनुहारलाई मैदानमा अघि सारेको छ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालदेखि पार्टीका पार्टीका पुराना वरिष्ठ नेताहरूसँगै अधिकांश नयाँ अनुहार समेटिएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । अर्का पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ बाट उम्मेदवार बनेका छन् । नेकपाबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले भने टिकट पाएनन् ।

Comments
spot_img

More like this

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

पूर्णबहादुर खड्कालाई कारबाही गर्दै कांग्रेस, सोधियो सात दिने स्पष्टिकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई कारबाही थालिएको छ । पार्टीले उनलाई सात दिने स्पष्टीकरण...

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज...