काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।
उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएका जनाइएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने बताइएको छ ।
Comments







