काठमाडौं । अबको अर्को साता देशले बालेन शाहको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ । उक्त सरकारमा बढीमा १५ मन्त्रालय रहने भएका छन् ।
नवनिर्वाचित सांसदले शपथ लिएको भोलिपल्ट १३ चैतमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन् ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी बैठकमा प्रधानमन्त्रीको शपथसँगै सरकारका सुरुवाती चरणका प्राथमिकताबारे परामर्श भएको छ । सांसदको शपथ १२ चैतमा हुने तय भएपछि रास्वपाका शीर्ष नेताबीच प्रधानमन्त्रीको शपथ भोलिपल्ट लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको छ ।
Comments







