काठमाडौं २५ जेठ
कतारलाई छिमेकीबाट एक्ल्याइएपछि त्यहाँमा रहेका नेपाली कामदारको रोजगारी संकटमा पर्ने भएको छ ।

साउदी अरब, इजिष्ट, बहराइन, यूएई, लिविया, माल्दिभ्स र यमनले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै रोजगारीमा पनि संकट आएको हो ।

कतारमा भारतपछि धेरै कामदार नेपाली छन् । कतारको कुल जनसंख्याभन्दा बढी आप्रवासी छन् । २०५२ सालदेखि नेपाली रोजगारीका लागि कतार जान थालेका हुन् । नेपाली कामदारका लागि विगत दुई वर्षदेखि कतार पहिलो गन्तव्य बनेको छ । कतारमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारी र कामदार पठाउने म्यानपावर व्यवसायीसँग पनि छैन ।

आव २०७२/०७३ मा मात्रै रोजगारीका लागि नेपालबाट डेढ लाखको हाराहारीका युवा कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । चालू आव २०७/०७४ को १० महिनामै सवा लाखभन्दा बढी युवा कतार पुगिसकेका छन् । हाल पाँच लाखभन्दा बढी नेपाली कामदार कतारमा रहेको सरकारी निकायको अनुमान छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।