काठमाडौं २२ जेठ

कांग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियताको पाठ नसिकाउन भनेका छन् । 
राष्ट्रियताबारे आफ्नो पार्टीको सिद्धान्त सवैलाई कण्ठ रहेको भन्दै यसबारे कसैले काग्रेसलाई पाठ सिकाउन जरुरी नभएको बताए ।

व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका देउवाले राष्ट्रियता आफ्नो पार्टीका आदर्श भएको भन्दै राष्ट्रियताको पाठ सिकाउन अावश्यक नरहेको बताए ।
‘राष्ट्रियताको पाठ सिकाउने आवश्कता छैन, नेपाल हामी सबैको प्यारो देश हो, स्वभिमानी देश हो’ उनले भने, ‘राष्ट्रको खिलाफमा कसैसँग सम्झौता गर्न सकिदैन  ।’
ओलीले संसदमा नै बोलदै राष्ट्रियताको विषय उठाउँदा कसै कसैलाई झस्याङग हुने भनेर व्यंग्य गरेका थिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।