ललितपुर २१ जेठ
ललितपुर महानगरपालिकाका नवनिनिर्वाचित मेयर/उपमेयरसहित वडा अध्यक्ष तथा सदस्यहरु टोलबासीद्धारा सम्मानित भएका छन् ।
ललितपुरका १५ वटा टोलसुधार समितिद्धारा मेयर चिरी बाबु महर्जन उपमेयर गीता सत्याल तथा वडा अध्यक्षहरु १४ का रामबाबु महत र १५ का सुदर्शन मिश्रसहित अन्य सदस्यहरु सम्मानित भएका हुन् ।
टोलबासीको सम्मानपछि मेयर महर्जनले नगर भित्र कुनै पनि समस्या परेमा पहिला जस्तो विभिन्न तहमा निबेदन दिइ तोक आदेश गरी रहनु नपर्ने र नगरबाट समाधान गर्नुपर्ने खालको समस्यालाई आफ्नो वडाको अध्यक्षलाइ जानकारी गराउने र वडा अध्यक्षले तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराई समस्याको समाधान गराउने व्यवस्था मिलाई सकेको बताए ।
यस्तै, उपमेयर सत्यालले नगरको विकासको लागि वडा अध्यक्ष र त्यहाँको नागरिकको सुझाब लिएर विकास निर्माणको कार्यहरु अगाडी बढाउने प्रतिवद्धता जनाइन् ।
वडा अध्यक्षद्धयले पहिला नगरमा भएको कमि कमजोरीलाई औल्याउदै अघि बढ्नेमा जोड दिएका थिए ।
Comments








