काठमाडाैं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट पक्राउ गरेको हाे ।

नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा उनको प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।