Tuesday, August 4, 2026
Home मुख्य समाचार दुर्गा प्रसाई भन्छन्- ‘गृहमन्त्री रोहिंग्याहरूको पालनपोषण गर्ने संस्थाको सदस्य’

दुर्गा प्रसाई भन्छन्- ‘गृहमन्त्री रोहिंग्याहरूको पालनपोषण गर्ने संस्थाको सदस्य’

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङ रोहिंग्याहरूको पालनपोषण गर्ने संस्था ‘ब्राट’ सदस्य रहेको आरोप लगाएका छन् ।

जिल्ला अदालत भक्तपुरको आदेशपछि रिहालगत्तै उनले भने, ‘गुरुङ रोहिंग्या मुसलमानलाई भारत र नेपालमा भित्र्याउने संस्था ‘ब्राट’ का सदस्य हुन् । आरोप सत्य होइन भने त्यसको खण्डन र पुष्टि गर्नुपर्यो ।’

उनी गएराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । तर आज जिल्ला अदालत भक्तपुरले प्रहरीले अनुसन्धानका लागि म्याद थप्न गरेको अनुरोधलाई अस्वीकार गरेपछि साँझ रिहा भएका हुन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।