राम्रो र उत्कृष्ट फोन खोज्दै हुनुहुन्छ ? तपाईलाई उपयोगी भिडियो

तपाई सबैभन्दा राम्रो र उत्कृष्ट फोनको विषयमा जान्न खोज्दै हुनुहुन्छ ? त्यसो भए यो भिडियो तपाईका लागि हुनसक्छ ।
भिडियो

उत्कृष्ट फोनको कुरा गर्दा एप्पल आइफोन प्रो सेभेन्टिन एक नम्बरमा छ । यसका मुख्य विशेषता भनेकै उत्कृष्ट क्यामेरा, ब्याट्री टिकाउ, दह्रो र उत्कृष्ट डिस्प्ले लगायतका फिचर हुन् । आइफोन सेभेन्टिनले प्रो मोडलहरूसँग धेरै समानता कायम गरेको छ। यसमा १(१२० हर्ज सम्मको भेरिएबल रिफ्रेस रेट, ३००० निस्टको ब्राइट एन्टी रिफ्लेक्ट डिस्प्ले र सेरामिक सिल्ड टु प्रयोग गरिएको छ । साथै, ४८(मेगापिक्सल अल्ट्रवाइड क्यामेरा, लामो ब्याट्री लाइफ र २५६ डिबी को सुरुआती स्टोरेज बेस मोडल छ । अघिल्लो मोडलमा अल्ट्रा(वाइड १२ मेगापिक्लस मात्र थियो ।

यसको मूल्यको कुरा गर्ने हो भने २५६ जिबिका लागि एक लाख ७३ हजारसम्म पर्छ ५१२ जिबिका लागि भने २ लाख १५ हजारसम्म खर्च गर्नुपर्ने हुन्छ ।

सिनेट रेटिंगमा दोस्रो नम्बरमा रहेको सामसङ ग्यालेक्सी एस ट्वान्टी सिक्स एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि सर्वोत्कृष्ट विकल्प रहेको छ ।

यो एउटा उत्कृष्ट अल९राउन्डर ज्याक अफ अल ट्रेड्स एन्ड्रोइड फोन हो। यसमा स्न्याप ड्रागन एट इलाइट जेनेरेशन फाइभ प्रोसेसर, १२ जिबी रयाम र भिडियो खिच्दा ३६० डिग्री घुमाउँदा पनि दृश्य स्थिर राख्ने होरिजेन्टल लक जस्ता उपयोगी एआई सुविधाहरू छन्।
ा्एउटा भरपर्दो र गतिलो अल९राउन्ड एन्ड्रोइड फोन चाहिनेहरूका लागि यो धेरै राम्रो विकल्प हुनसक्छ ।

यसको मूल्यको कुरो गर्ने हो भने १२ जिबी प्लस २५६ का लागि १ लाख २० देखि ३३ हजारसम्म र १६ जिबी प्लस १ टिबीका लागि २ लाख ९३ हजारसम्म खर्च गर्नपर्ने हुन्छ । यसका पाँच वटा भेरियण्ट छन् भने त्यसको मूल्य फरक फरक रहेको छ ।

तेस्रो नम्बरमा पनि सामसङ ग्यालेक्सी एस सिक्टी सिक्स उल्ट्रा रहेको छ । यसको मुख्य विशेषता भनेको नबिन प्राइभेसी डिस्प्ले हो, जसले छेउछाउका मानिसहरूलाई स्क्रिन देख्नबाट रोक्छ। यसमा २०० मेगापिक्सलको मुख्य क्यामेरा, १।५ दिनभन्दा बढी टिक्ने ब्याट्री, ६०९वाटको फास्ट चार्जिङ र एस पेन समावेश छ।

विशाल डिस्प्ले, क्यामेराको सौखिन र उच्च परफमेन्स चाहिने पावर युजरका लागि यो रोजाईको फोन बन्ने गरेको छ । २५६ जिबी भेरियण्टका लागि यसको मूल्य २ लाखसम्म पनि पाउन सकिन्छ भने तर ५१२ जिबीका लागि साढे दुई लाखसम्म खर्च गर्नपर्ने हुन्छ ।
अब कुरा गरौंं, सबैभन्दा उत्कृष्ट ब्याट्री भएको फोन वान प्लस फिप्टिनको ।

यस श्रेणीका अन्य प्रतिस्पर्धाी फोनहरूभन्दा ठूलो ब्याट्री क्षमता, तीव्र गति र फास्ट चार्जिङ (तार र वायरलेस दुवै) यसको मुख्य विशेषता हो। यसको मूल्य पनि डेढ लाख भन्दा माथि नै रहेको छ ।

उत्कृष्ट एआई र क्यामेराको कुरा गर्ने हो भने गगुल पिक्सल टेन प्रो तथा टेन प्रो एक्स एल रहेको छ । यसको मुख्य विशेषता भनेको यसमा लामो समयसम्म सफ्टवेयर सपोर्ट हुनु हो भने एआई सपोर्टेड रेजुलेशन जुम र उपयोगी एआई फिचरहरु समावेश हुनु हो । यसको मूल्य एक लाख ३० हजार र एक लाख ६० हजारसम्म रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।