काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताएका छन् । उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ ।
आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरुसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिएका हुन् । छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै भने, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ ।’
रासायनिक मल कारखाना खोल्नेलगायत विद्युत् खपत बढाउने आयोजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजनाबारे पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए ।




