दसैं–तिहारका लागि नयाँ नोट साट्न पाइने, यस्तो छ नियम

काठमाडाैं । यस वर्षको दसैं र तिहारका लागि सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने भएकाे छ ।

विगतका वर्षमा जस्तो निश्चित मिति तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था नगरी यस वर्ष स्वस्फूर्त रूपमा आउनेलाई निरन्तर सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ।

सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि नयाँ नोट साट्न सक्नेछन्।

आफ्ना ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन्।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको मौज्दातमा समस्या नरहेकाले साट्न आउने सर्वसाधारणलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइँदैछ।

राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।