काठमाडौँ । मलेसिया सरकारले सबै इजाजतप्राप्त नेपाली म्यानपावर कम्पनीलाई कामदार पठाउन दिने नेपाल सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ।
मलेसियाको मानव संसाधन मन्त्रालयले नेपालको युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पत्र पठाउँदै कामदार भर्ना प्रक्रियामा पुरानै संयन्त्र अर्थात् सीमित म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिने नीतिलाई निरन्तरता दिने स्पष्ट पारेको हो।
मलेसियाका मानव संसाधन मन्त्री दातो श्री रामानन रामाकृष्णनले श्रम मन्त्री रामजी यादवलाई पठाएको पत्रअनुसार, मलेसियाले नेपालको आग्रहलाई मन्त्रिपरिषद्मै लगेर गहन छलफल गरेको थियो।




