काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको राजदूत बन्ने सपनामा ब्रेक लागेको छ । पिआरको विषयमा प्रश्न उठेपछि उनी आफैंले नाम फिर्ता लिएका हुन ।
थापाको जापानमा पीआर रहेको विषय उठेपछि उनको सुनुवाइ स्थगित गरिएको थियो । तर उनले आफूले पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, आज उनी आफैंले नाम फिर्ता लिएको जानकारी संसदीय समितिलाई दिएका हुन् । उनीसँग जापानका पिआर रहेकाे बताइएकाे छ ।




