काठमाडौं १५ जेठ
नेपाल विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङलाई सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारले सुप्रबल जनसेवाश्री १२० जनालाई प्रदान गर्ने भएको छ । जसमा लोडसेडिङ हटाएर परिचित बनेका कुलमान घिसिङ पनि परेका छन् ।
गणतन्त्र दिवस २०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । सरकारले वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न र महेन्द्र नारायण निधिलाई राष्ट्रगौरव पदकबाट सम्मानित गरिने भएको छ ।
Comments








