काठमाडौं ९ असार
स्थानीय तहको दोस्रो चरणको ३१ जेठका लागि तोकिएको निर्वाचन असार ९ गतेका लागि सरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । यो सँगै उम्मेदवारी दर्ता, आधिकारिक हस्ताक्षर लगायतका प्रक्रिया हेरफेर हुनेछ ।
आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।
लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए ।