जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला नगर प्रमुख बनेकी छन् ।

 लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजयी भएकी हुन् ।

उनले खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतले दुई हजार ६६ मत ल्याएका थिए ।

त्यसैगरी, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने महत दुई हजार १८ मत प्राप्त गरी विजय भइन । उथका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए । नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवारी दिएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।