काठमाडौं ३० वैशाख

नेपाल विद्युत प्राधिकरणको लोडसेडिङ मुक्त गराउने अभियानलाई कायम गरिरहन भारतबाट ल्याउन लागेको २ करोड वटा बल्बमा कान्तिपुर दैनिकले भ्रष्टचार र अनियमितताको आरोप उठाएपछि नेपाली मिडिया नै विभाजित बन्न पुगेका छन् ।
अझ, रमाइलो त के छ भने कान्तिपुरले दुई वटा समाचार लेखेकोमा ठूलो र विश्वास गर्न सकिने कुनै आधार प्रमाण दिन सकेको छैन । तर, अन्य मिडियाहरुले भने विभिन्न प्रमाण पेश गर्दै कान्तिपुरको काउन्टरमा समाचार दिईरहेका छन् ।
काउन्टरमा उत्रनेहरुमा अन्नपूर्ण पोष्ट, अनलाइनखबर, सेतोपाटी, माइसंसार जस्ता मिडिया छन् । त्यति मात्र नभएर भारतका केही मिडियाले पनि यसमा चासो राख्दै नेपालले अहिले ल्याउन लागेको बल्बमा नेपाली पक्षलाई ठूला फाइदा हुने दाबीसहितको समाचार छापेका छन् ।
भएको के हो ?
कान्तिपुर दैनिकले ३८ भारुको बल्ब ६५ मा किनिँदै भनेर भनेर समाचार छाप्यो । त्यसपछि शुक्रबार अर्थात २९ वैशाखमा पुनः ८६ करोड बढी तिरिदैं भनेर सोही  विषयको अर्को समाचार दिएको छ । पहिलो समाचारमा विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र पदाधिकारीले मिलेमतोमा भ्रष्टचार गर्न खोजेको ठहराएको छ । व्यापक विरोधपछि दोस्रो समाचारमा कुलमानलाई बचाउन खोजेर समाचार दिएको छ । समाचारमा व्यवहारिक र सैद्धान्तिक पक्ष कमजोर भएपछि अन्य मिडियाहरुले नै प्रमाण प्रस्तुत गरेको पाइएको छ ।

मिडिया नै खनिए मिडियाको विरुद्ध
कान्तिपुरले एउटै विषयमा दुई पटक समाचार दिएपनि गतिलो र विश्वासिलो प्रमाण पेश गर्न सकेका छैनन् । पुराना डकमेन्ट र रिफेरेन्सको हवाला दिएर सामान्य पाठकलाई समाचारले प्रभाव पार्न सक्ने भएपनि ठोस आधार र विश्वास गर्न सकिने पक्ष नै भने समाचारमा भेटिन्न् । यहीँ विषय निक्कै चर्चामा आएपछि अन्नपूर्ण पोष्टले शनिबार बल्ब खरिद प्रकरणः भारतभन्दा आधै सस्तो शिर्षकमा भारतभर यहीँ बल्ब कति रुपैयाँमा पाइन्छ र नेपाली बजारमा कति रुपैयाँमा पाइन्छ भनेर खोज र तुलना गरेको छ । अन्नपूर्णले समाचारको लिडमा नै यो विषयालाई विवादित बनाउने प्रयास भनेर सुरु गरेको छ ।
सरकारले अहिले ६५ भारुमा ल्याउन लागेको बल्ब भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु ९तीन सय चार रुपैयाँ० पर्ने कुरा त्यहाँका बिक्रेताको भनाईलाई समेटेर समाचार लेखिएको छ । कान्तिपुरले समाचारमा जुन जुन विषय उठाएको छ, अन्नपूर्णले त्यहीँ त्यहीँ विषयलाई अझ प्रमाण र आधार खोजेर कान्तिपुरको समाचारलाई झुट सावित बनाउने प्रयास गरेको छ । दुई दैनिकको समाचार केलाउने हो भने प्राविधिक रुपमा कान्तिपुरको समाचार केही मात्रामा मात्र हो कि भन्ने देखिन्छ भने अन्नपूर्णको व्यवहारिक रुपमा विश्वसनिय बनाएको छ ।
यता, एलेक्सा र्यांकिङमा नम्बर एकमा रहेको अनलाइन, अनलाइन खबर डटकले त तिहार पछि लोडसेडिङ बनाउने षड्यन्त्रका साथ यो विषय उचालिएको आशयको समाचार दिएको छ । लोडसेडिङ बढाएर इन्भर्टर, ब्याट्रीको बिक्री गर्न गरिएको यो षड्यन्त्र भनेर समाचार दिएको छ ।
कुलमान प्रकरणको रहस्यः तिहारपछि लोडसेडिङ  शिर्षकमा दिएको समाचार टिप्पणीमा दुई दाबी यस्तो गरिएको छ ।
बल्ब खरिद प्रकरणमा कुलमान घिसिङको विरोध किन भइरहेको होला रु यसका पछाडि दुईवटा कारण रहेको प्राधिकरण स्रोत बताउँछ ।
पहिलो कारणः गत वर्षदेखि नै बेट्री सोलार र इन्भर्टर बेच्न नपाएकाहरुले जसरी भए पनि लोडसेडिङ होस् भन्ने चाहेका छन् र सुरुदेखि नै कुलमानलाई असफल बनाउन उनको विरोध गर्दै आएका छन् । कर्मचारी उचालेर कार्यालाय प्रवेशमा रोक लगाउने, ट्रान्सर्फमर पट्काएर बिजुली काट्ने र पोल ढालेर बत्ती निभाउने कार्यहरु पनि यसवीचमा हुँदै आएका थिए । र, यो विरोध पनि त्यसैको पछिल्लो श्रृंखला हुन सक्छ ।
दोस्रो कारणः हाल उर्जा मन्त्रालय सम्हालेका माओवादी नेता जनार्दन शर्माविरुद्ध चुनावी फण्डा गर्ने माओवादी विरोधी योजनाको कोपभाजनमा कुलमानलाई पार्न र उनलाई रुवाउन खोजिएको हुन सक्छ ।
दुई देशका सरकारी कम्पनीले पेट्रोल खरिद गरेजस्तै गरी जीटुजी मोडेलबाट खरिद गर्न लागेको बल्बले कहाँनेर राष्ट्रलाई घात गर्यो रु कहाँनेर कुलमानले अपराध गरे रु ४ सय रुपैयाँमा बल्ब किनिरहेका उपभोक्तालाई कुलमानले १४० रुपैयाँकै गुणस्तरीय कम्पनीको बल्ब उपलब्ध गराउनु कहाँनेर कमिसनखोरी भयो रु
यसबारे जनस्तरबाटै तथ्यमा टेकेर बहस गरौं । र, कुलमानमाथि न्याय गरौं । अन्यथा, हामीले कुलमानलाई मात्रै रुवाउने छैनौं आगामी तिहारपछि फेरि लोडसेडिङको सामना गर्नुपर्ने छ ।
अनलाइन खबरको समाचारमा पनि कान्तिपुरले उठाएका सबै विषयको गलत पुष्टि हुने तवरबाट प्रस्तुत गरिएको छ । समाचारमा भारतले श्रीलंकासँग यहीँ बल्ब नेपाललाई दिने मूल्यमा नै दिन सम्झौता गरेको डकुमेन्ट समेत दिएको छ ।
यस्तै, निक्कै चर्चित पुरानो ब्लग माईसंसार डटकमको प्रस्तुती झनै रोचक छ । कान्तिपुरको पहिलो समाचार लगत्तै कान्तिपुरको समाचारलाई झुट सावित हुने गरी ब्लग लेखिएको थियो । कान्तिपुरले दोस्रो समाचार लेखेसँगै माइसंसारले अर्को ब्लग पनि लेखेको छ । माइसंसारको ब्लगले पनि सत्यतथ्य बाहिर ल्याएको र कान्तिपुरले जुन समाचार दियो त्यो झुट थियो भन्ने तवरबाट समाचार प्रस्तुत गरिएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।