नुवाकोट, ३१ वैशाख । स्थानीय तहको निर्वाचनमा नुवाकोटमा दुई स्थानबाट किरियापुत्रीले मतदान गरेका छन् ।

विदुर नगरपालिका– ६ इनारपाटीका द्रोणबहादुर सडौलाले महालक्ष्मी प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । हिजो आमा गुमाउनुभएका सडौलाले किरिया भेषमा नै मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो ।

यस्तै, विनपा–१२ चारघरेमा बुबा गुमाएका तीन छोराले महेन्द्र मावि मतदान केन्द्र पुगेर मतदान गरेका छन् । पदमबहादुर विश्वकर्मा, चुलबहादुर विश्वकर्मा र रामकुमार विश्वकर्माले मतदान गरेका हुन् । बुबा बितेको चार दिन भए पनि २० वर्षपछि भएको निर्वाचनको अवसर गुमाउन नहुने भन्दै मतदानमा सहभागी भएको किरियापुत्रीले जनाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।