काठमाडौं ३० वैशाख

प्रधानमन्त्री पुष्पकमल दाहाल आज हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि चितवन पुगेका छन् । प्रधानमन्त्री दाहाल आफ्नी पत्नी सीता दाहाल र छोरा प्रकाशसँगै शनिबार नै चितवन पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको मतदाता नामावलीमा भरतपुरमा नाम रहेकाले भोट गर्नका लागि चितवन पुगेको जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिकाबाट नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर पदकी उम्मेदवार हुन् । भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् । मेयरमा माओवादी र उपमेयरमा कांगेसबाट भरतपुर महानगरपालिकामा उम्मेदवारी रहेको छ ।
प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को लंकु मावि केन्द्रबाट आइतबार मतदान गर्नेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।