काठमाडौं, २० वैशाख
अमेरिकाले सन् २०१८ को इडीभी नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेको इडिभी चिट्टाको नतिजा मंगलबार राति पौने १० बजे सार्वजनिक भएको हो
अमेरिकी दूतावासका अनुसार, डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । दूतावासले डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी नदिने पनि प्रष्ट पारेको छ । उसले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने प्रष्ट पारेको छ ।
नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं १-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यस्तै अमेरिकामा रहनेहरूले (७०३) ९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्नेछन् । निवेदकहरुले [email protected] मा ईमेल गरेर पनि जानकारी लिन सक्ने दूतावासले जनाएको छ। अमेरिकी सरकारले गत वर्ष ४ अक्टोबरदेखि ७ नोभेम्बरसम्म डिभीका लागि आवेदन खुल्ला गरेको थियो ।
यसैबीच दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने स्मरण गरएको छ । ‘दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन,’ दूतावासले भनेको छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।