काठमाडौं २९ चैत

गएराती नेपाल प्रहरीको प्रमुख (आइजी) नियुक्त भएर राती नै दर्ज्यानी चिह्न पाएका आइजी प्रकाश अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डसँग भेट गरेका छन् ।

भेटमा निर्वाचन सुरक्षाको विषयमा कुराकानी भएको र प्रधानमन्त्रीले अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

आइजिपीमा नियुक्त भएपछि अर्यालले प्रधानमन्त्रीसँग सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेट गरेका हुन्।

भेटमा प्रधानमन्त्रीले अर्यालको कार्यकाल सफलताको कामना गर्दै सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका छन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गरी निर्वाचन सफल बनाउने भूमिका खेल्न प्रधानमन्त्रीले निर्देशन दिएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्न पनि अर्याललाई निर्देशन दिएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।