रुकुम २८ चैत । नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् ।

सिस्नेमा पाँच गाउँ भएपनि ठाउँअनुसार नुनको मूल्य फरक फरक छ । ती गाउँहरुमा नुनको मूल्य ४५, ५०, ५५ र ६० रुपैयाँ छ ।

भौगोलिक विकटताले सडकको पहुँच नहुँदा ढुवानी भाडा महँगो पर्ने भएकाले नुनको मूल्य महँगो पर्न गएको व्यापारीहरु बताउँछन् । आजको कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।