क्रान्तिकारीद्धारा स्ववियू निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं १६ चैत
सरकारको नेतृत्व गरिहेको नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले रत्नराज्य लक्ष्मी क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
सर्वोच्च अदालतको आदेश अबज्ञा गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गरेको क्रान्तिकारीले अदालतमा रिट दायर गरेको हो ।

आरआर क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवाल, निर्वाचन अधिकृत हरिप्रसाद पराजुली, नेविसंघका उत्तमबहादुर साउद लगायतलाई विपक्षी बनाई अदालतमा रिट दायर भएको छ । क्रान्तिकारी प्रवक्ता सुरेन्द्र बस्नेतले स्ववियु निर्वाचन खारेज गर्न माग गदैै रिट दायर गरिएको जानकारी दिए ।

स्ववियु चुनाव यथावत अबस्थामै गर्न अदालतले भने पनि क्याम्पस प्रशासनको मिलेमत्तोमा रातारात मनोनयन दर्ता गराएर निर्वाचन गरिएको भन्दै सर्वोच्चको आदेश विपरित निर्वाचन गरिएकाले बदर गर्न क्रान्तिकारीले माग गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।