काठमाडौं १६ चैत
प्रधानमन्त्री पुष्कपमल दाहालले आगामी ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताएका छन् ।
मुलुक निर्वाचनमा गईसकेकाले निर्वाचन भएरै छाड्ने भन्दै प्रधानमन्त्री दाहालले अब निर्वाचन हुन्छ भनेर आशंका गर्नु र निर्वाचन हुन्छ हुन्न भनेर सोध्ने नै बेठिक हुने समेत जनाए । उत्तरी छिमेकी राष्ट चीनको साताव्यापी भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले मधेस केन्द्रित दलहरुका माग केन्द्रिय निर्वाचनअघि सम्म सम्बोधन हुने जनाए ।
 मुलुक निर्वाचनमा गइसकेको छ, अब निर्वाचन रोकिँदैन ।’ त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुस प्रधानमन्त्री दाहालले भने, आगामी वैशाख ३१ गते हुने निर्वाचनको वातावरण बनाउन मधेस केन्द्रित दलहरुसँग मिलेका विषय अहिले र बाँकी विषयहरु केन्द्रीय निर्वाचन अघिसम्ममा सम्बोधन भईसक्नेछन् ।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमाले, मधेसी दलहरु र सत्ता साझेदार दलहरुसँग छलफल गरेर कतिपय विषय टुंगो लगाएर चाँडै सहमति हुने समेत जनाएका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण पूर्ण सफल रहेको दाबी गर्दै आफ्नो भ्रमण सद्भाव वृद्धि गर्न महत्वपूर्ण भएको बताए । ’मेरो सद्भावना भ्रमण थियो, सद्भाव वृद्धि गर्ने काम भएको छ ।’ उनले भने । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा दुबै देशमा रहेका अवसर र सम्भावनालाई भरपूर सदूपयोग गर्दै आपसी सदभावलाई अगाडि बढाँउन दुबै देश सहमत भएको बताए ।
उनले चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड प्रक्रियामा नेपाल सहभागी हुने प्रतिबद्धता जनाएको समेत जानकारी दिए । यसबाट नेपालमा रेलमार्ग निमार्ण, सडक, सिमापार बिद्युत प्रशारण लाइन, भूकम्पपछिको पूर्न्निमार्णमा सहयोग पुग्ने उनको भनाई छ ।
प्रधानमन्त्रीले रेलमार्ग निमार्णका लागि दुबैदेशका प्रतिनिधी निरन्तर छलफलमा सहभागी योजना अगाडि बढाउने सहमति भएको, सीमापार आर्थिक विकास, रसुवागढी स्याप्रुबेसी सडक खण्डलाई स्तरोन्नती गर्न सम्झौताका लागि मातहतका निकायलाई निर्देशन दिने सहमति भएको, भूकम्पपछि अबरुद्ध भएको तातोपानी नाका खोल्न चिनियाँ राष्ट्रपतिलाई आग्रह गर्दा उनी आफैले उक्त नाका खोल्न आफुले ब्यक्तिगत रुपमा ध्यान दिएको बताएको समेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्राउन, नेपाली उत्पादन चिनियाँ बजारमा सहज रुपमा प्रवेश गराउने बारे आफूले प्रस्ताव राखेको, पारबहन यातायात सम्झौताको प्रोटोकल तयार गरी तत्काल सम्झौता गर्न, ब्यापार घाटा कम गर्न चीनले सहयोग गर्न, बन्द रहेका नाका खोल्न आग्रह गरेको समेत बताए ।
प्रधानमन्त्रीले संविधाान कार्यान्वयनमा चीनको सदभाव रहेको भन्दै नेपालले गतवर्ष जारी गरेको नयाँ संविधान कार्यान्वनयमा चीनको सद्भाव रहेको समेत उल्लेख गरे ।
प्रधानमन्त्री दाहाल चीनको हैनान प्रान्तमा सम्पन्न बोआओ सम्मेलनमा भाग लिन गत बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । बोआओ सम्मेलनमा भाग लिए लगत्तै प्रधानमन्त्री दाहालले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिन फिङसँग दुई पक्षीय भेटवार्ता गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।