काठमाडौ ११ चैत । तपाईलाई थाहा छ ? कति थरी हुन्छन् आकाशमा बादल ? अनि कुन बादल कस्तो प्रभाव पार्ने खालको हुन्छ ? मौसमविद्का अनुसार आकाशमा तीन तहका दश थरी बादल हुन्छन् । कुनै बादल मानवका लागि एकदमै जोखिमयुक्त त कुनै कम जोखिमयुक्त हुन्छन् ।

हरेक दिन बिहान आकाशतिर हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डे साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार यसपालिको प्रारम्भिक मौसममै खतरनाक बादल सक्रिय भइरहेको देखिन्छ् । अहिले नेपाली आकाशमा क्युमोलोनिम्बसु नामक बादल सबैभन्दा सक्रिय छ, जुन मानवका लागि निकै खतरनाक मानिन्छ । विश्व मौसम संगठनले बिहीबार समापन गरिएको मौसम दिवसको यसपटकको नारा नै बादललाई बुझौँ राखेकाले संसारभर बादलका प्रकार, चरित्र र गतिविधिबारे चर्चा भएकाे खबर आजको नागरिकमा छ ।

यही चर्चासँगै जल तथा मौसम विज्ञान विभागले पनि आम नागरिकलाई बादलबारे बुझाउने प्रयास गर्यो। दिवस समापन कार्यक्रममा बिहीबार बादलबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका युवा अनुसन्धानकर्ता सुमनकुमार भट्टराईले भने, बादल धेरै किसिमका छन् । बादल लाग्ने कारण पनि फरक–फरक छन र चरित्र पनि । यतिमात्र होइन बायुमण्डलको तहअनुसार बादल देखिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।