झापा १० चैत । भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ ।

महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिइन ।

उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन् । भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो । अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । “ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पु¥याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,” ओझाले भनिन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।