काठमाडौं ९ चैत
काठमाडौंको सडक मेलम्ची पानी पाइप विस्तारका लागि ठाउँ-ठाउँमा भत्काएका कारण पुरै धुलाम्मे बनेको छ । सडक बिगार्ने तर बनाउन ढिलाई भईरहेकोप्रति चौतर्फी विरोध पनि चर्को रुपमा भईरहेको छ ।
केही समय अगाडी सालिकहरुमा माक्स् लगाइदिएर पनि यसको सांकेतिक रुपमा विरोध भएकाे थियो ।
यस्तै क्रम चलिरहँदा धुलो उडेको विषयलाई व्यंग्य गरिएको एउटा ट्विट सामाजिक सञ्जालमा अहिले खुबै चर्चामा छ । जेन्टलम्यान ट्विटर नाम रहेको हेन्डलबाट धुलो नउडेर हिड्न असजिलो भो भन्दै सरकारलाई व्यंग्य गरेको एउटा ट्विट भएको थियो । तर, प्रधानमन्त्रीको कार्यालयबाट सञ्चालन हुने हेलोसरकारको आधिकारि ट्विटर अकाउन्टबाट उक्त कुरा व्यंग्य हो भन्ने हेक्का नै नराखी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा गुनासोको रुपमा टिपाएपछि अहिले उक्त ट्विट ‘भाइरल’ बन्न पुगेको छ ।
जेन्टलम्यानको हेन्डलमा लेखिएको छ- ‘सोह्रखुट्टे नयां बजार बालाजु सडक अझै भत्काएको रैनछ, सरखारको आँखा नपुगेको कि डोजर नपुगेको होरु धुलो नउडेर हिंड्न असजिलो भो ।’
अनि हेलो सरकारले रिप्लाइ गरेकाे छ- ‘तपाईको गुनासो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ।५०१४३’  । रिप्लाई देखेपछि जेन्टलम्यान हास्दै ‘हार्दिक धन्यवाद, कृतज्ञ भए’ भन्न समेत पछि पर्दैनन् ।
जेन्टलम्यानको व्यंग्य अनुसार काठमाडौंमा सडक भत्काउँदा  हिड्न धुलोले असहज भएको बुझ्न सकिन्छ । उनले सडक मर्मत गरेर हिड्न सहज बनाउनुपर्ने आशयको ट्वित व्यंग्त्यात्मक पारामा गरेका हुन् । तर हेलो सरकारले त्यसलाई नुबझी गुनासो टिपाएपछि हेलो सरकारको खिल्ली उडाउन ट्विटेहरु लागेका हुन् ।
अझ व्यंग्य अनुसारको गुनासो समाधान हुने हो अब मन्त्रालयले सोह्रखुट्टे नयांबजार बालाजु सडक भत्काएर धुलो उडाउने र त्यसपछि हिड्न असहज हुनेछ ।
यहीँ कुरालाई कतिपयले नेपाल खुसी राष्ट्रको तेस्रो सुचिमा हुनुपर्ने कारणमा हेलोसरकारले बेला बखत हसाउने गरेको भन्दै हेलोसरकारको योगदान रहेको भनेर समेत व्यंग्य गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।