‘जनताले चाहे दुई तिहाइ मार्फत मुकाम परिवर्तन हुनसक्छ’ :माओवादी प्रवक्ता भुसाल

काठमाडौँ, ४ माघ 
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो पार्टीसंग कुनै छलफल नगरेको बताएकी छिन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले सरकार र माओवादीविच स्थायी मुकाम तोक्ने विषयमा छलफल नभएको बताउँदै जनताको आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन  गर्न सकिने बताएकी हुन् । 
प्रवक्ता भुषालले नेकपा एमालेसंगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरिन्। दुवै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उहाँको भनाइ थियो । 
भुसालले भनिन्, “जनताले दुवै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।” मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने उनले बताईन । 
Comments
spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...