काठमाडौँ, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बिगार्न सप्तरी घटना गराइएको आरोप लगाएका छन् ।

एमाले प्रदेश नं ३ सङ्गठन कमिटीले बिहीबार आयोजना गरेको सप्तरी घटनाबारेको सभालाई सम्बोधन गर्दै उनले सरकारले बाहिर चुनाव नरोक्ने भने पनि भित्रभित्र चुनाव रोक्न खोजेको दोषारोपण गरे ।

उनले सप्तरी घटनाले सङ्घीयतामा सङ्घीय प्रहरी नहुने देखाएको बताउँदै मधेसी मोर्चा राजनीतिक सङ्गठन हो भने उसलाई आतङ्क नभई राजनीतिक क्रियाकलाप गर्न आग्रह गरे ।

उनले खुलेआम रुपमा मधेसमा भारतीय सीमा प्रहरी बलले नेपाली भूमिमा आएर नेपाली मार्दा पनि’ सरकार र मधेसी मोर्चा चुप लागेर बसेको आरोप पनि लगाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।