काठमाडौं २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका छन् । सप्तरीमा भएको घटनाबारे बुझ्न गृहमन्त्री बिमलेन्द्र निधि मार्फत प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिना र एसपी दिवेश लोहनीलाई मंगलबार नै काठमाडौं बोलाएका हुन् ।
एमाले कार्यक्रम अवरोध गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन निर्देशन दिएका प्रधानमन्त्री दाहालले गोली चलेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई बोलाएका हुन् ।
उनीहरुलाई फिर्ता नभएर घटनाबारे बुझ्न मात्र बोलाएको बताइएको छ ।
एमालेको मेची महाकाली अभियानमा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध पुरयाउन खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा क्रममा प्रहरीले गोली चलाएको थियो ।
Comments







