काठमाडाैं २० फागुन । तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ। यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्ने लगायतका समस्या पाइएको छ।
उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको हाे । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधांगका अनुसार कानको समस्या आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ।
‘सुरूमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छ,’ उनले भने। डा प्रधानांगका अनुसार घन्टौं मोबाइल/ फोनमा कुरा गर्ने, एयरफोनको बढी प्रयोग गर्ने, चर्चो फ्रिक्वेन्सीमा संगीत सुन्ने युवामा यस्तो समस्या पाइएको छ। – नागरिक दैनिकबाट
Comments








![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)