माघ ३ काठमाडौँ
चर्चित नायक  दयाहाङ राई,  प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्म ‘ह्याप्पी डेज’ अन्तत चैतको १६ गते रिलिज हुने भएको छ । फिल्म निर्माण युनिटले मङ्सिर १५ बाट माघ ११मा सारेको फिल्मको रिलिज मिती फेरि सरेर चैतको १६मा पुगेको हो । बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोलेको यस फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।

बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।