काठमाडौं ३ माघ
सरकारले सात वटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख र अस्थायी केन्द्र तोकेको हो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको छ ।
यसैगरी, प्रदेश प्रमुखहरु प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन् । प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ तोकिएका छन्।
प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएकी छन्।
साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्।
प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।