काठमाडौं १९ फागुन । भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ । यससम्बन्धी भारताका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ ।
बेल्जियमका लागि भारतका राजदूत रहिसकेका सिंह भारतका करियर डिप्लोम्याट हुन । उनले भारतीय विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ मामिला हेर्नुका साथै न्युयोर्कमा रहेर पनि भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका बेलामा काम गरेका थिए । 
उनले सन् १९८२ मा भारतको विदेश मन्त्रालयमा काम शुरु गरेका थिए ।  – नेपाल समाचारपत्रबाट
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।