काठमाडौं १८ फागुन

रसुवामा चौतारी समर्थक मात्रै रहेको एउटा महासंघ बनेको छ भने युनियन, सेन्टर तथा स्वतन्त्र पत्रकार सम्मिलित अर्को महासंघ बनेको छ ।
नेपाल पत्रकार महासंघले केन्द्रीय प्रतिनिधिका रुपमा निरञ्जन पौडेल खटिएका थिए । रसुवामा प्रेस सेन्टर र प्रेस युनियनले प्रेस चौतारीलाई नेतृत्व सुम्पेर सबैको साझा कार्यसमिति समिति बनाउने र केन्द्रीय पार्षद तथा प्रदेश प्रतिनिधिमा पनि सबैलाई समेटेर जाने कुरा भईरहेको अवस्थामा चौतारीले एकलौटी आफ्नो प्यानल घोषणा गरेको थियो ।
सहमतिको विषय अगाडी बढीरहेको अवस्थामा चौतारीले एकलौटी आफ्नो प्यानल घोषणा गरेपछि निर्वाचन अधिकृत नारायण प्रसाद देवकोटाले निर्वाचन नहुने भयो भन्दै बाहिरिएका थिए । मंगलबार साँझ भईसकेकाले रात परेको र अर्को दिन निर्वाचनमा जाउ भन्दै सेन्टर र युनियनको आग्रहलाई लत्याउँदै चौतारीले एकलौटी
सर्वसम्मत भएको भन्दै आफ्नो प्यानललाई विजयी घोषणा गरेको थियो । उक्त प्यानलमा चौतारी बाहेक कसैलाई पनि समावेश गरिएको छैन ।
लत्तगै, प्रेस सेन्टर, प्रेस युनियन, स्वतन्त्र पत्रकार लगायतका पत्रकारहरु बसेर आधिकारिक रुपमा महासंघ शाखाको नयाँ कार्यसमिति चयन गरेका थिए ।
रसुवामा ४५ जना पत्रकार महासंघको सदस्य रहेकोमा चौतारी समर्थक १८ जना, सेन्टर समर्थक १५ जना, युनियन समर्थक ६ जना र बाँकी कतै पनि नखुलेका स्वतन्त्र पत्रकार रहेका छन् । सेन्टर र युनियनले सर्वसम्मत नेतृत्व चयन प्रस्तावलाई चौतारीले आफ्नो खुसी गरेपछि नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पटक रसुवामा समानन्तर कमिटी बन्न पुगेको छ ।
केन्द्रीय प्रतिनिधिले समन्वयको भूमिका निर्वाह गर्नुको सट्टा चौतारीलाई समर्थन गरेपछि वातावरण बिग्रिएको सेन्टर र युनियनले आरोप लगाएका छन् ।