काठमाडौं १५ फागुन

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति देउवामाथि खनिएका छन् । पौडेलले देउवाले पार्टी र भ्रातृ संस्थालाई अराजकतामा पुर्‍याएको र पार्टीको छबि बिगारेको समेत दाबी गरेका छन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा पौडेल पक्षको छुट्टै भेला बसेर पौडेल पक्षले देउवाले पार्टीलाई विधान र लोकतान्त्रिक मान्यता अनुरुप सञ्चालन नगरे आन्तरिक संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको छ ।

असन्तुष्ट पक्षको भेलाले पार्टीलाई विधानविपरीत सञ्चालन गरेको, पार्टीका बैठकहरु विधानअनुरुप बस्न नसकेको, पार्टीका विभाग तथा समितिहरु दुई महिनाभित्र पूर्णता दिनुपर्नेमा एक वर्ष गुजारेको आरोप समेत लगाएको छ।

असन्तुष्ट पक्षको भेलाले राजदूत नियुक्तिदेखि आइजीपी नियुक्तिसम्म एक पक्षीय ढंगले अघि बढ्दा पार्टीको छवि बिग्रिएको ठहर समेत गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।