काठमाडौं । पूर्वमिस नेपाल मलिना जोशी र्यापमा देखिएकी छिन् । गायक बिपी वाग्लेको ‘सिंगल छु’ बोलको गीतको म्युजिक भिडियोमा मलिना र्याप डान्सरका रुपमा रहेकी छिन् ।
रुद्र बोहोराले निर्देशन गरेको भिडियोको कोरियोग्राफी दीपेन्द्र शाही ठकुरीले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् ।
रचल शर्माले रचना गरेको गीतमा श्वर बिपी वाग्लेको छ भने सुरेस अधिकारीको संगीत सुन्न सकिन्छ । ‘उत्सर्ग’ एल्बममा समेटिएको गीतको र्याप म्युजिक भिडियोमा मलिना जोशीसँगै विकास लामिछानेले अभिनय गरेका छन् ।
Comments







