काठमाडौं ११ फागुन
आशा लामा
२०६६ साल फागुनको कुरो हो– वैदेशिक रोजगारीका लागि थुप्रै नेपाली महिला ‘जब ट्रयाक’ मेनपावरमार्फत साउदी अरब पुगे । तर, उनीहरुले न मेनपावरले भने जस्तो जागिर पाए, न मेनपावरले प्रक्रिया पुरा गरेर नै उनीहरुलाई पठाएको थियो ।

 मेनपावरको जे गरेर नि पैसा कमाउने दाउका कारण उनीहरुको बिल्लिबाठको अवस्था सिर्जना भयो । यसरी बिचल्लिकै अवस्था सिर्जना गर्ने ‘जब ट्रयाक’ मेनपावरकी सञ्चालक आशा लामा अहिले संयुक्त अरब इमिरेट्ट (युएई) की राजदूतमा सिफारिस भएकी छिन् । 

स्रोतका अनुसार ती नेपाली महिलाहरु साउदी पुर्याउन जब ट्रयाकले प्रभावमा पारेर वैदेशिक विभागबाट स्वीकृति हात पार्न सफल बनेको थियो । तर, नियमसंगत ढंगले उनीहरु साउदी नपुगेको पाइएपछि त्यहाँ जानेहरुको विचल्ली हुन पुगेको थियो । रियादस्थित नेपाली दूतावासले उक्त स्वीकृति ‘नीति विपरीत’ भन्दै सम्बन्धित कर्मचारीलाई कारबाही गर्न श्रम मन्त्रालयलाई पत्राचार नै गरेको थियो ।
खाडी मुलुकमा महिला कामदारलाई पठाउन सम्बन्धित नेपाली दूतावास, श्रम सहचारीले संगठित क्षेत्रको काम भएको र पूर्ण सुरक्षाको प्रत्याभूति भई दूतावासले स्वीकृति दिएपछि मात्रै विभागले श्रम स्वीकृति दिने व्यवस्थालाई जब ट्रयाकले लत्याउँदा महिला दिदीबहिनीहरुको बिचल्लीको स्थिति उत्पन्न हुने गरेको बताइन्छ ।
हस्पिटल क्लिनरमा भन्दै घरेलु काम गएकी मोजपुर केरेङपानीकी रेनुका तामाङ दूतावासको शरणमा पुगेपछि त्यस्तो रहस्य पत्ता लागेको थियो ।
राजदूत सिफारिसवालीको मेनपावर नै कारबाहीमा
राजदुत सिफारिसमा परेकी लामाको मेनपावर नै कारबाहीमा परेको समेत भेटिएको छ । वैदेशिक रोजगार विभागले ठगी गर्ने एक दर्जन मेनपावरलाई कारबाही गर्दा अहिले राजदूत नियुक्तिमा सिफारिस भएकी लामाको जब ट्रयाक समेत कारबाहीमा परेको थियो । सो समय विभागले एक दर्जन भन्दा बढी म्यानपावर कम्पनीबाट २ सय ७३ कामदारलाई १६ करोड रुपैयाँ क्षतिपूर्ति  दिलाएको थियो ।
महानिर्देशक पूर्णचन्द्र भट्टराई विभागमा रहेको समयमा विभागले जब ट्रयाकसहित एसिया लिंक, एनपी इन्टरनेसनल, भेरी एन्ड कर्णाली, सुनौलो म्यानपावर, महालक्ष्मी कन्सलटेन्ट, पिस जोन इन्टनेसनल, कनेक्सन ओभरसिज, साउथपोल ओभरसिज, प्रिसियस इन्टनेसनल, आरपी इन्टनेसनल, भिक्टोरी नेपाल, डिन इन्टरनेसनल, ग्रोथ प्रोसेस, नर्थपोल, बोल्ड वाइड, सुनेरा नेपाल, वैभव, इशान, अल्फारोमा, एस एलडी, एपेक्स, ओस्कार, साम इन्टरनेसनल, नेपाल गल्फ, गल्फ कनेक्सन, अभिनास, मेचीमहाकाली, अरेबियन म्यानपावरलाई कारबाही गरेको थियो । 
भोजबहादुर बेपत्ता
‘जब ट्रयाक’ बाटै सुनसरी पकलीका भोजबहादुर निरौला २०६६ सालमा रोजागरीका लागि साउदी उडे । तर उनी लामो समयसम्म पनि परिवारको सम्पर्कमा आएनन् । त्यसपछि उनको परिवारले खोजी दिन साउदीस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघ, नेपाली दाजुभार्इ मात्र नभएर परराष्ट्र, श्रम र मानअधिकारकर्मीहरु सबैसँग गुहार मागे । तर परिवारको केही पत्तो चलेन ।
निरौला काठमाडौंस्थित जब ट्रयाक रिकुटिंगबाट मासिक ६ सय रियाल तलब पाउनेगरी ९० हजार तिरेर साउदी उडेका थिए ।
 जब ट्रयाकले भने उनी बिमानस्थबाटै हराएको भन्दै जिम्मेवारीबाट पन्छियो । बैदेशिक रोजगार ऐन अनुसार कामदार पठाउने म्यानपावरले कामदार पठाएदेखि नफर्केसम्म सम्पुर्ण जिम्मेवारी लिनुपर्छ । पीडित परिवारले न्याय खोज्दै बैदेशिक रोजगार विभागमा सञ्चालिका आशा लामा बिरुद्ध उजुरी समेत दिए । 
राजदूत सिफारिस लामको 
यसरी, अहिले राजदूत सिफारिसमा परेकी लामाको मेनपावर कारबाहीमा भोगेको मेनपावरमा दर्ज मात्रै नभएर महिला बिचल्ली पार्नेदेखि कामदार बेपत्ता पारेको उजुरी भोगेको मेनपावर मध्ये एक रहेको भेटिएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यूएईको राजदूत सिफारिसमा परेकी उनी भने कांग्रेस कोटाबाट सिफारिसमा परेकी हुन् ।
राजदूत सिफारिसमा परेकी इलामकी लामा दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा जनमोर्चा नेपालका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् । उनले १४ मत पाएकी थिइन् । उनी आर्थिक प्रभावमा पारेर कांग्रेसको कोटाबाट राजदूतको सिफारिसमा परेको बताइन्छ । उनको सबभन्दा ठूलो व्यापार संयुक्त अरब इमिरेट्स (यूएई) मै रहेको छ । 
लामा जब ट्रयाक रिक्रुटिङ म्यानपावरकी सञ्चालक हुन् । यो म्यानपावरले विदेश पठाएका कामदारहरूले सम्झौताअनुसार काम र तलब नपाएको भन्दै यूएई, कतार र साउदी अरबस्थित नेपाली दूतावासमा उजुरीसमेत परेको छ । साउदीको अन्तव इस्ट फर अपरेसन मेन्टिनेन्स कम्पनीमा १ सय ११ महिला कामदार प्रक्रिया छलेर पठाएको भन्दै दूतावासले उनको म्यानपावरलाई कारबाही गर्नसमेत वैदेशिक रोजगार विभागलाई पत्र पठाएको थियो । म्यानपावरसँगै उनी आशा फाउन्डेसन खोलेर वैदेशिक रोजगारमा गएका महिलाको उद्धार तथा पुनस्स्थापनामा सक्रिय छिन् ।
यी हुन अर्की मेनपावरमा संलग्न सरकारबाट सिफारिस राजदूत 
सरकारले ओमनका लागि राजदूत सिफारिस गरेकी अर्की म्यापावर व्यवसायी हुन शर्मिला पराजुली । उनी विजयकमुार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरमको कोटाबाट राजदूत सिफारिसमा परेकी हुन् ।
पराजुलीसहित उनको परिवार विदेशमा कामदार पठाउने काममा क्रियाशील थियो । पूर्ववर्ती ओली सरकारले पनि उनलाई राजदूतमा सिफारिस गरेको थियो । त्यसबेला म्यानपावर व्यवसायीलाई राजदूत बनाउन लागिएको भनेर विरोध भएको थियो । उनी संलग्न दुबईस्थित कामदार सप्लाई गर्ने ‘बीएसडी हयुमन रिसोर्स सोलुसन’, ‘रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी’ तथा नेपालमा रहेको म्यानपावर फ्लोरिडा हयुमन रिसोर्स सोलुसन र बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिजरट्रेनिङ सेन्टर छन् ।
वैदेशिक रोजगारमा जानेहरुले सबैभन्दा बढी पीडित मेनपावरबाट नै हुने गरेको गुनासो गरिरहेको अवस्थामा सरकारले भने मेनपावर व्यवसायमा नै संलग्नलाई राजदूतमा सिफारिस गरेपछि यसको चौतर्फी विरोध समेत भईरहेको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।