काठमाडौं १० फागुन। सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ अस्पताल भर्ना भएका छन् ।
शरिरमा ज्वरोको मात्रा बढेपछि उनी अस्पताल भर्ना भएका हुन् ।
पुनको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अहिले उपचार भइरहेको छ ।
यसअघि जण्डिस बिग्रिएपछि अनन्तलाई भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो ।
Comments







